काठमाडौं । निसानको नेपालले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।
निसान नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले सवारी खरिदका विभिन्न योजना सार्वजनिक गरेको हो ।
कम्पनीले निसान किक्स कार खरिमा ३ लाख ५० हजार रुपैयाँ नगद छुट अफर ल्याएको हो । कम्पनीले १ वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट पनि दिने बताएको छ ।
कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने छ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।
यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना सुरु भएको र आगामी बैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा निसानको विभिन्न ५ मोडेलका कारहरु उपलब्ध छन् । जसको २९ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म मूल्य पर्दछ ।
जसमध्ये निसान किक्स ८ मोडेलमा उपलब्ध रहेका छ । निसान किक्स न्युनतम ४२ लाखदेखि ७३ लाख रुपैयाँसम्म मूल्य पर्दछ ।
यो गाडी १ हजार ३३० सीसीदेखि १ हजार ४९८ सीसी क्षमताका छन् । निसान किक्स एक्सएल (पेट्रोल, १४९८ सीसी) को ४८ लाख ९९ हजार, एक्सभीको ५३ लाख ४९ हजार, एक्सभी टर्वोको ५९ लाख ९९ हजार, एक्सभी प्रिपियम टर्वोको ६३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
यस्तै, एक्सभी प्रिमियम (०) मोनो टर्वोको ६८ लाख ९९ हजार, एक्सभी प्रिमियम(०) डबल टर्वोको ६९ लाख ९९ हजार, एक्सभी सीभीटी टर्वोको ६९ लाख ९९ हजार र निसान किक्स एक्सभी प्रिमियम सीभीटी टर्वोको ७२ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
वि.सं.२०७८ चैत ३० बुधवार १७:३८ मा प्रकाशित