काठमाडौं । आजदेखि सार्वजनिक सवारी साधान तथा ट्याक्सीको भाडा वृद्धि भएको छ ।
काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा बैशाख १ गतेबाट सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी ट्याक्सी र सार्वजनिक सवारी साधानको भाडा बढाएको छ ।
अब सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको हो ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जारी गरेको नयाँ भाडादर अनुसार पाँच किलो मिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ, मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ ।
वि.सं.२०७९ वैशाख १ बिहीवार १२:०४ मा प्रकाशित