back
NMB ad

थप चार कम्पनीको १ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस विभिन्न चार कम्पनीको सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा दुई वाणिज्य बैंकसहित चार कम्पनीको कुल १ करोड १० लाख ७९ हजार कित्ता बढी सेयर सूचीकृत भएको हो ।

यस साता नेप्सेमा महालक्ष्मी विकास बैंक, इन्फिनिटि लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र सिभिल बैंकको ऋणपत्र सूचीृकत भएको हो ।

नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, नेप्सेमा इन्फिनिटि लघुवित्त वित्तीय संस्थाको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता र सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख ९६ हजार ८५.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र खरिदबिक्री गर्न सक्नेछन् ।

यस्तै, यस साता नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

बैंकले गत मंसिर २४ गतेदेखि पौष ७ गतेसम्म १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गरेको थियो ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...