back
NMB ad

यसकारण अझै सूचीकृत हुन सकेन नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर !

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर अझै सूचीकृत हुन सकेको छैन ।

कम्पनीको साधारण सभाबाट पारित भएको बोनस सेयर तीन महिना बितिसक्दा पनि वितरण हुन नसक्दा लगानीकर्ता मारमा परेका छन् ।

गत पुस २२ गते पारित भएको १६.५० प्रतिशत बोनस सेयर लामो समयदेखि सूचीकृत नहुँदा लगानीकर्ता मारमा परेका हुन् ।

अर्थमन्त्रालयबाट स्वीकृति पाउनुपर्ने प्रक्रियामा ढिलाई हुदाँ सूचीकरण हुन नसकेको कम्पनीले जनाएको छ ।

यस वर्ष कम्पनीको १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको गत पुस २२ गतेसम्म छैंठौ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । कम्पनीको नगद लाभांश भने वितरण भईसेको छ ।

कम्पनीले बोनस सेयर भने साधारणसभाबाट पारित भएको तीन महिना बितिसक्दा पनि सूचीकरण गराउन नसकेको हो ।

बोनस सेयर सूचीकरणका लागि अर्थमन्त्रालयको स्वीकृति आवश्यक रहेको कम्पनीले जनाएको छ । सूचीकरण प्रक्रियाका लागि सरोकार राख्ने निकायहरूले जतिसक्दो चाडो आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने कम्पनीको माग छ ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:५५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...