काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ। वैशाख ४ गते, छापावाल सुन प्रतितोला एक लाख २ हजार रूपैयाँ कायम रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन पनि शुक्रबारकै भाउ अर्थात प्रतितोला एक लाख २ हजार रूपैयाँ तोकिएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन भने सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको थियो।
आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रूपैयाँमा खरिदबिक्री भईरहेको छ। गत शुक्रबार भने चाँदी तोलामा १५ रूपैयाँले उकालो लागेको महासंघको तथ्यांकले देखाउँछ।
वि.सं.२०७९ वैशाख ४ आइतवार ११:१९ मा प्रकाशित