back
NMB ad

यातायात सुविधाले सुगम बन्दै म्याग्दीको पात्ले गाउँ

Kumari bank ad

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग पर्नुभएको छ । “यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं ”, उहाँले भन्नुभयो “कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न पाउँदा दङ्ग परेका छौँ ।”

खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताउनुभयो । आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताउनुभयो ।

“पैदल हिडेर पात्लेबाट दरवाङ पुग्न तीन घण्टा लाग्दथ्यो”, उहाँले भन्नुभयो “गाडीबाट ओखरबोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औलको छोटो बाटो प्रयोग गर्दा डेढ घण्टामा दरवाङ पुगिन्छ ।”

एक सय घरधुरी रहेको पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडकले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साविक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा पाँच वर्षअघि सडक यातायातको सुविधा थिएन् ।

मालिका–३ का वडा अध्यक्ष हेमबहादुर पुनले पाँच वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको केन्द्र जोड्ने मुख्यका साथै छिमेकी २ र ४ नम्बर वडासँग पनि सडक सम्बन्ध स्थापित भएको छ ।”

अदिभारा हुँदै औलागाउँमा पुगेको सडकलाई आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकाले बिनियोजन गरेको रु ३५ लाख बजेटबाट डाडागाउँ–किटिनी हुँदै सोलेडाडासम्म विस्तार भएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा विनियोजन भएको रु २५ लाख बजेटले किटिनी हुँदै लुसीपार, आर्थिक वर्ष २०७६÷७६ मा रु ३० लाख बजेटबाट लुसीपार–पात्ले, २०७७÷०७८ मा रु ११ लाख बजेटबाट पात्लेबाट खापुक टोलमा सडक पु¥याइएको थियो ।

चालु आर्थिक वर्षमा रु ३५ लाख बजेटबाट पात्लेदेखि सोलीखोला हुँदै वडा नं २ को बेली गाउँलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताउनुभयो । पात्ले–बेली जोड्ने करिब पाँच किलोमिटर सडक निर्माण भएपछि गाउँपालिकाले परिकल्पना गरेको ‘मालिका चक्रपथ’को सबै मार्ग खुलेको छ ।

औल, इग्रे, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, पात्ले र खापुक बस्ती भएको मालिका–३ मा ५०० घरधुरी छन् । औला र इग्रेमा यसअघि पुगेको सडकलाई स्तरोन्नति गरेर यातायात सञ्चालन गरिएको हो भने अन्य बस्तीमा नयाँ मार्ग खोलेर सडक पु¥याइएको हो ।

वडा अध्यक्ष पुनका अनुसार सबै बस्ती जोड्ने करिब २५ किलोमिटर सडक बनेको छ । वडाका सबै बस्तीमा केन्द्रिय लाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । किटिनीमा वडाको पक्की भवन निर्माण अन्तिम चरणमा रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १४:०३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...