काठमाडौं । शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकासित गरि जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गर्न, गराउन सबै विद्यालयलाई निर्देशन दिएको हो ।
यस्तै, बोर्डले शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको पनि जनाएको छ ।
वि.सं.२०७९ वैशाख ४ आइतवार १४:४४ मा प्रकाशित