back
NMB ad

काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य

Kumari bank ad

काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबिच आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ । वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।”
भण्डारी आफैं पनि युवा उद्यमी हुनु भएकोले समय–समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने विश्वास राख्नुहुन्छ ।

काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर सङ्कलन गर्नु पर्नेहुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।

सामाजिक कार्यकर्ता के. पी. खनाल भन्नुहुन्छ, “यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु । एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो शहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ ।

यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुदै आएको छ र यो वर्ष काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने उद्धेश्य लिएको छ । मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरण प्रति सकारात्मक योगदान पु¥याउन प्रतिवद्ध छन् ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...