back
NMB ad

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका पोखरा महानगरपालिका वडा नं. ०१, बगर, स्थित बगर शाखाको उद्घाटन भएको छ । वैशाख १५ गते एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन भएको हो ।

उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो । साथै, बैंकले यस गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै्र बैंकको प्रशंम्सा गर्नुभयो । साथै, यस शाखा कार्यालयले स्थानीय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिनुभयो ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु  संचालन गर्ने योजना अगाडि रहेको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १२:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...