back
NMB ad

मिर्मिरे लघुवित्तले कमायो १७ करोड ४९ लाख नाफा, अन्य सूचकहरुमा पनि सुधार (विवरणसहित)

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड ४९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १८.६३ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १४ करोड ७५ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४५ प्रतिशतले वृद्धि भई ४२ करोड ५४ लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तसम्ममा भने कम्पनीको यो आम्दानी २९ करोड ३४ लाख १० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ४२ करोड ४ लाख ८० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैत मसान्तसम्ममा २.२६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने १.९४ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५४ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...