back
NMB ad

चुनौतिपूर्ण बन्दै आर्थिक अवस्था: आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्नुपर्नेमा पूर्व अर्थमन्त्रीहरुको मतैक्य

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैंठक सम्पन्न भएको छ ।

बैंठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवर्द्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवर्द्धन, शिक्षा, पर्यटन, निर्यात प्रवर्द्धन, पूंँजिगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयहरुमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयहरुमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।

देशको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नुपर्नेमा सहभागीहरुको मतैक्य रहेको थियो ।

आगामी बजेटको आकार बढाउदा विचार गर्नुपर्ने, मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्नुपर्ने, सामाजिक सुरक्षामा खर्च बढ्दै गइरहेकोले राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जानुपर्ने, उत्पादकत्व वृद्धिमा जोड दिँदै निर्यात प्रवर्द्धन गर्नुपर्ने, प्रोत्साहनसहित विप्रेषणलाई बैंकिङ च्यानलबाट व्यवस्थित तथा बढवा दिने गरी आकर्षित गराइनुपर्ने निर्देशित लगानीका विषयमा पुनर्विचार गर्ने जस्ता महत्वपुर्ण विषयहरुमा बैंठकमा सहभागी विज्ञहरुले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कृषि तथा वन क्षेत्रको विकासका लागि जैविक विविधतालाई ध्यान दिइ प्रवर्द्धन गरिनुपर्ने विषयमा बैंठकमा छलफल भएको थियो ।

स्थानीय सरकारलाई बलियो बनाइ स्थानीय घरेलु, साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्दै आवश्यक पूर्वाधारहरुको निर्माण, (कस्टम हायरिङ सेन्टर, कोल्ड स्टोरेज, एग्रो प्रोसेसिङ जोन, भण्डारण, बजार व्यवस्थापन) रोजगारी तथा उत्पादन वृद्धिमा बैंठकमा विशेष जोड दिइएको थियो ।
आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्न सक्यो भने मात्र वर्तमान अवस्थामा देखिएको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिने बैंठकको निष्कर्ष रहेको र फोरमको बैंठकमा प्राप्त भएका रायसुझावहरुलाई लिपिबद्ध गरी माननीय अर्थमन्त्रीज्यूसँग प्रत्यक्ष भेटघाट गरी बुझाइने फोरमका सदस्य सचिव माननीय बिमल केडियाले बताउनुभयो ।

बैशाख १४ गते सम्पन्न फोरमको उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरु माननीय सुरेन्द्र पाण्डे, माननीय डा. रामशरण महत, माननीय बर्षमान पुन, माननीय डा. युवराज खतिवडासहित फोरमका सदस्य–सचिव माननीय विमल केडिया, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व सचिव शंकर अधिकारी, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान र वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १२:२९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...