back
NMB ad

गलकोटका भलिबल खेलाडीलाई अब मासिक ५ हजार भत्ता, काउचाले गरे यस्तो घोषणा !

Kumari bank ad

काठमाडौं । गलकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार पूर्ण काउचाले गलकोट नगरभित्रका भलिवल खेलाडीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

नेकपा एमालेका तर्फबाट गलकोट नगरप्रमुखमा उम्मेदवारी दिएका काउचाले गलकोट नगरभित्रका भलिवल खेल र खेलाडीको प्रोत्साहन स्वरुप मासिक ५ हजार भत्ता प्रदान गरिने बताउनुभएको हो ।

उहाँका अनुसार गलकोटमा भलिबल खेलको वृद्धि विकासका लागि भलिबल एकेडेमी संञ्चालन गरि नगर स्तरीय समूह छनौट गरेने र छनौट खेलाडिलाई प्रोत्साहन स्वरुप मासिक भत्ता प्रदान गरिने छ ।

काउचाले यसअघि नै नगरपालिकाको नगर प्रमुख निर्वाचित भएको खण्डमा सेवा सुविधा नलिने समेत घोषणा गरिसक्नुभएको छ ।

उहाँले निर्वाचनमा जितेपछि आउने नगर प्रमुखको तलब भत्ता नगरपिभत्रका गरिब, असाहय तथा महिला तथा बालबालिकाको नाममा खर्चिने प्रतिवद्धता जनाउनुभएको छ ।

“मेरो चुनावको पहिलो प्रतिबद्धता सेवा सुविधाको रुपमा आएको रकम कोषमा जम्मा गरेर महिला तथा बालबालिकाको हितमा खर्च गर्नेछु” काउचाले भन्नुभयो,-“राजनीति पेशा होइन, सेवा हो, यसलाई पेशाका रुपमा लिन हुँदैन, नगरपालिकामा आफ्नो जीत पश्चात आएको सेवा सुविधा नगरका महिला, असाहय तथा बालबालिकाको हितका लागि नगरको कोषमा जम्मा गरेर खर्च गर्नेछु ।”

वि.सं.२०७९ वैशाख १८ आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...