back
Mega Long Ad

यूनाइटेड इन्स्योरेन्स ‘बेष्ट जनरल इन्स्योरेन्स अफ दि इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको ‘बेष्ट जनरल इन्स्योरेन्स अफ दि इयर’ बाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित हुनु भएको थियो ।

विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गतFY 2020-21 मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो ।

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदँैं उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय श्री बीमा समिति तथा कोविडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०७९ वैशाख १९ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन)...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

वि.सं.२०७९ असार १६ बिहीवार १७:४३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...