back
NMB ad

सीवाईसी नेपालका लगानीकर्ता पहिलो दिनमै बन्ने भए मालामाल, ओपन रेञ्ज नै १ हजार ३३ रुपैयाँ !

Kumari bank ad

काठमाडौं । गत विहीबार अर्थात बैशाख १५ गते सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भईसकेको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको थियो ।

कम्पनीको आईपीओ ३६ हजार ९४८ जना सर्वसाधारणले १०/१० कित्ता सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता सेयर पाएका छन् ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले गत वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ यति बेला सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ पहिलो कारोबारका लागि ३५५ रुपैयाँ ३६ पैसादेखि १ हजार ३३ रुपैयाँ ८ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ २४४ रुपैयारुँ ३६ पैसा रहेको छ । जसका कारण कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३५५ रुपैयाँ ३६ पैसादेखि १ हजार ३३ रुपैयाँ ८ पैसा ओपन रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

सीडीएसका अनुसार यसमा २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यो आइपीओमा २२ लाख ८४ हजार ८४९ जनाले २ करोड ५७ लाख ६१ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६९.७२ गुणा बढी हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १३:०१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...