back
NMB ad

१६.७५ प्रतिशतले घट्यो एनएमबि लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले १० करोड ५३ हजार ९२ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तेस्रो त्रैमासको तुलनामा भने कम्पनीको यो नाफा १६.७५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा झिनो गिरावट देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा ३३ करोड ९९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने ०.८३ प्रतिशतले घटेर ३३ करोड ७० लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३४ करोड ५२ लाख २९ हजार रुपैयाँ राखेको छ ।

चालु आवको तेस्रो त्रैमासम्ममा कम्पनी खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्ममा ३.४७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ४.०६ प्रतिशत कायम भएको छ।

कम्पनीको प्रतिसयर आम्दानी २१ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:२२ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...