back
Kumari Bank

पुँजी वृद्धिका लागि सहजीकरण र मर्जरमा जानेलाई आवश्यक सुविधा दिईन्छ : अध्यक्ष सिलवाल

Nepal Bank

काठमाडौं । जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । बीमा समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्नुहुँदै कम्पनीहरूले एक वर्षभित्र पूँजी बृद्धि गर्नै पर्ने बताउनुभयो ।

लगानी अनुरूपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पूँजी बृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुप¥यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप¥यो । पूँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।”

पूँजी बृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप¥यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप¥यो । सूचना प्रविधिमैत्री हुनुप¥यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुप¥यो । दाबी भुक्तानी समयमै हुनुप¥यो । लगानीको प्रतिफल पनि बढ्नु प¥यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनी बीमकको पूँजी बृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १५:२२ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८२ असार १५ आइतवार ०६:५०

काठमाडौँ :  सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको...

आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै   

आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै   

वि.सं.२०८२ असार १५ आइतवार ०६:४५

काठमाडौँ : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

यी चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना   

यी चार प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १५ आइतवार ०६:३८

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो...

आजका लागि विदेशी मुद्राको विनिमयदर   

आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार १५ आइतवार ०६:३३

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

आइतवार कुन-कुन राशिको भाग्य चम्किनेछ ? हेर्नुहोस् राशिफल

आइतवार कुन-कुन राशिको भाग्य चम्किनेछ ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ असार १५ आइतवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ   

वि.सं.२०८२ असार १४ शनिवार २०:५५

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु...