काठमाडौं । तीन इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
मर्जरका लागि सम्झौता गरेका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको सेयर कारोबार रोक्का हुने भएको हो
यी तीन वटै कम्पनीहरुले गत बिहिबार मर्जरको सम्झौता गरेका थिए । योसंगै कारोबार रोक्का हुने भएको हो ।
मर्जर सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्सका अध्यक्ष विवेक दुगड, युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल र प्राईम लाइफ इन्स्योरेन्सका अध्यक्ष पियुषराज अर्यालले हस्ताक्षर गरेका थिए ।
हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ , गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
वि.सं.२०७९ जेठ ३ मंगलवार ११:५० मा प्रकाशित