back
NMB ad

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग, माग सम्बोधन नभए सडकमा उत्रने चेतावनी

Kumari bank ad

काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो ।

महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्तीअनुसारको थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पद्धार्थबाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरि कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रत्रिनुपर्ने दिन आएको सुनाए । उनले देशमा दिनहँु मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले आफूहरुका माग सम्बोधन गर्न सरकारबाट आवश्यक पहल नभए सडकमा आउनेपनि चेतावनी दिए । उनले भने,‘सरकारले हाम्रा मागहरु सम्बोधन गर्न आवश्यक पहल नगरे आन्दोलनका कार्यक्रमहरु महासंघको अगुवाईमा अगाडि बढाउनेछौं ।’

पछिल्लो समयमा बढ्दै गइरहेको मुल्यवृद्धिले जनता ठूलो मारमा परेको भन्दै उनले फिर्ता गर्न सम्बन्धित सबैसँग आग्रह गरे । उनले भने,‘यसरी मूल्यवृद्धि हुँदै गएमा भोलिका दिनमा यसले विकराल रुप लिनसक्छ, त्यसबारेमा सबैले ध्यान दिन आवश्यक छ ।’

उनले महासंघले आजनै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र उपभोक्ता संरक्षण विभाग बबरमहलका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउने जनाए । त्यस्तै, आज नै काठमाडौंमा धेरै ब्यस्त हुने चार आकाशे पुल लोकन्थली, कोटेश्वर, रत्नपार्क र जमलमा मुल्य वृद्धि विरोधका मागसहितका ब्यानर राखिने पनि उनले बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले मुल्यवृद्धिको कारण र आधार राज्यले आजसम्म दिन नसकेको भन्दै कडा आक्रोश पोखे ।
नेपालमा संघ÷संस्था धेरै भएपनि तिनीहरुको काम प्रभावकारी हुन नसकेको धमलाको गुनासो छ । उनले उपभोक्ता समितिले अघि बढाएको अहिलेको एजेण्डालाई राष्ट्रिय एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।

महासंघका प्रवक्ता अर्जुनकुमार श्रेष्ठले नेपालीले थेग्नै नसक्नेगरि सरकारले डिजेल र पेट्रोलको मुल्यवृद्धि गरेको टिप्पणी गरे । प्रत्येक चिजको नियम परिवर्तन गर्न गाह«ो भएपनि सुरुवात आफँैबाट गर्नुपर्नेमा उनले जोड दिए । ३ सय रुपैयाँको सामान बजारमा अहिले ३ हजारमा बिक्रि भैरहेको भन्दै उनले आपत्ति जनाए ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १६:०९ मा प्रकाशित

You can share this post!

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...