काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले वृद्धि भएको थियो । महासंघको तथ्यांक अनुसार सो दिन सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँ पुगेको थियो।
वि.सं.२०७९ जेठ ४ बुधवार १२:१२ मा प्रकाशित