काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९८ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको मूल्य भने ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । तेजावी सुन शुक्रबार ९७ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।
वि.सं.२०७९ जेठ ८ आइतवार १०:५१ मा प्रकाशित