back
NMB ad

काठमाडौंमा प्लाष्टिक प्रदर्शनीको आयोजना हुँदै

Kumari bank ad

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले यहि आगामी जेष्ठ महिनाको १२, १३ र १४ गतेभृकुटी मण्डपमा” Plast Nepal 2022″ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न गइरहेको छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो ।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।

प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको Recycle र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७९ जेठ ९ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने   

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने   

वि.सं.२०८१ असार २ आइतवार १८:००

काठमाडौँ, २ असारः आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी...

आगामी ४ दिन अत्याधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध

आगामी ४ दिन अत्याधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध

वि.सं.२०८१ असार २ आइतवार १७:५५

काठमाडौ । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका...

बीमा प्राधिकरणका निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको विदाई

बीमा प्राधिकरणका निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको विदाई

वि.सं.२०८१ असार २ आइतवार १६:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार २ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

वि.सं.२०८१ असार २ आइतवार १४:४७

काठमाडौँ । सरकारले आगामी भोली असार ३ गते सोमबार परेको...