back
NMB ad

रिभर फल्स पावरको आईपीओ बाँडफाँड: तपाईलाई पर्यो त ? यसरी सजिलै हेर्न सकिन्छ नतिजा !

Kumari bank ad

काठमाडौं । रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड भएको छ ।

बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशन गरेको कम्पनीको आईपीओ आज सोमबार बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

गत बैशाख २८ गतेदेखि कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

निष्काशन गर्न लागेको कुल सेयरमध्ये ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि, १ लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

१८ लाख ३८ हजार ४३१ जना आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

१० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी आवेदकको भने हात खाली भएको छ ।

कम्पनीकाे आईपीओको नजिता  हेर्न 

1.  https://iporesult.cdsc.com.np/

2. https://www.prabhucapital.com/share-allotment

3. https://www.riverfallshydro.com.np/

4. https://iporesult.cdsc.com.np/

 

वि.सं.२०७९ जेठ ९ सोमवार १६:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...