back
NMB ad

बलेफी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि कति पाउला त ओपन रेञ्ज ?

Kumari bank ad

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको स्टक सिम्बोल बिएचएल रहेको छ । उक्त सेयर दोस्रो बजारमा बुधवारदेखि कारोबारमा आउनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९३ रुपैयाँ ६४ पैसादेखि २ सय ८० रुपैयाँ ९२ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ९३ रूपैयाँ ६४ पैसा रहेको छ । जसकारण कम्पनीको आईपीओ उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले चैत्र १६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको सेयर १ लाख ६६ हजार ३ सय ४२ जनाले १०/१० कित्ता प्राप्त गरेका छन् । यीमध्ये ३ जनाले भने थप १/१ कित्ता सेयर पाएका छन् ।

कम्पनीको आईपीओमा चैत्र २१ गतेसम्म २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।

वि.सं.२०७९ जेठ १० मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...