back
NMB ad

तीन कम्पनीले पाए आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति, कुनको कति ?

Kumari bank ad

काठमाडौं । थप तीन कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन, आदर्श लघुवित्त वित्तीय संस्था र राप्त हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

यी तीन वटै कम्पनीले आईपीओ निष्काशनका लागि जेठ १० र ११ गते बोर्डबाट अनुमति पाएका हुन् ।

श्वेट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ ।

कम्पनीले ३९ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट जेठ ११ गते अनुमति पाएको हो ।

योसंगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले गत कात्तिक १० गते आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, आदर्श लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरि, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पनि आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको हो ।कम्पनीले पहिलो चरणमा स्थानीयय बासिन्दाको लागि र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १०:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...