काठमाडौं । शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९८ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन विहीबार भने ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २८० पैसा कायम भएको छ । विहीबार भने चाँदी १ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७९ जेठ १३ शुक्रवार १०:४८ मा प्रकाशित