back
NMB ad

काठमाडौंको पुरानो बानेश्वरमा खुल्यो हाइस्प्रीट्स फिटनेस सेन्टर

Kumari bank ad

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा हाइस्प्रीट्स फिटनेस सेन्टर सञ्चालनमा आएको छ ।

कोभिडअघिसम्म सिनामंगलमा सञ्चालनमा रहेको ओएस्टर फिटनेस क्लबले नाम परिवर्तन गर्दै नयाँ व्यवस्थापनकासाथ पुरानोबानेश्वरको रोहिनी मार्गमा पुनः सञ्चालनमा आएको छ ।

गणतन्त्र दिवसको दिन पारेर आइतबार औपचारिक उद्घाटन गरिएको फिटनेस क्लबले सोमबारदेखि नै नियमित सेवा दिन थालेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, स्थानीयवासी तथा नेपाल सरकारको निवृत्त वरिष्ठ अधिकृत जया भट्टराई, दुई पटक सगरमाथा आरोहण गरेका आरोही समिर थापा र पञ्चकन्याहरुले संयुक्त रुपमा फिटनेस क्लबको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले आफ्नो वडामा स्वस्थ रहन आवश्यक पर्ने पिटनेस सेन्टर खोलिएकोमा खुशी व्यक्त गरे । “काठमाडौंको मुटु बानेश्वर, बानेश्वरको पनि मुटुको रुपमा रहेको १० नम्बर बडामा खोलिएको यो क्लबले यस क्षेत्रमा सकारात्मक भूूमिका खेल्नेमा विश्वस्त छु।”

एमाले नेता केशव स्थापित, कलाकार दिपाश्री निरौला, निराजन प्रधान, प्रकाश शाह लगायतले फिटनेस सेन्टरको अवलोकन गरेका छन्।

क्लवले ओपनिङ अफर ल्याएको छ । जस अन्तर्गत एक वर्षे प्याकजको सेवा लिनेले थप ३ महिनासहित १५ महिनाको प्याकेज पाउने तथा २२ प्रतिशत थप छुटको व्यवस्था गरिएको संचालक अजित शर्माले बताए।

शर्मा सहित ६ जना युवाले करिव ३ करोड लगानी गरेर क्लब सञ्चालनमा ल्याएका हुन् । सञ्चालकहरुमा अमिर गुरुङ, सञ्जीव श्रेष्ठ, सतिस शर्मा, पुकार शाह र कैलाश कडेल रहेका छन्।

क्लबमा १२ महिने र ३ महिने प्रिमियम प्याकेज, १, ३, ६ र १२ महिने जुम्बा एण्ड एरोविक तथा जिम प्याकेज रहेका छन्। सोही अनुसार साउना र स्ट्रिम प्याकेजहरुसमेतको व्यवस्था गरिएको छ ।

क्लबले बालबालिकाका लागि छुट्टै जुम्बा प्याकेजसमेत ल्याउने भएको छ । क्लबकै व्यवस्थापन अन्तर्गत हाइजेनिक परिकार खुवाउने क्याफेकोसमेत तयारी भइरहेको छ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...