काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ निष्काशन गर्ने भएको छ ।
सरकारले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०८४ सम्म रहनेछ ।
बचतपत्रको वार्षिक व्याजदर वार्षिक १२.५० प्रतिशत हुने सरकारले जनाएको छ। व्याज ६÷६ महिनामा भुक्तानी गर्नु पर्ने सर्त राखिएको छ ।
बचतपत्र आज अर्थात जेठ १८ गतेबाट खुल्ने छ । राष्ट्र बैंकले जारी गर्ने बचतपत्रमा न्युनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी रकम लगानी गर्न पाउने छन्।
वैदेशिक रोजगारीमा संलग्न इच्छुक नेपाली नागििरक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७९ जेठ १८ बुधवार १३:३८ मा प्रकाशित