काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएको छ । बजेट घोषणापछि ओरालो लागेको शेयरबजार आजपनि १८.२६ अंकले घट्न पुगेको हो ।
आज नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ विन्दु तल झरेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेका सबै सूचक राताम्य भएका छन् । म्युचुअल फण्ड समूहको आज ०.०२ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, सर्वाधिक घट्न समूहमा बीमा समुहहरु रहेका छन् ।
वि.सं.२०७९ जेठ १९ बिहीवार १५:२६ मा प्रकाशित