back
Kumari Bank

सामूहिक बलात्कार गरेको आरोपमा सात पक्राउ

Nepal Bank

नेपालगञ्ज । बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।

फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ ।

मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।

वि.सं.२०७९ जेठ २३ सोमवार १६:१२ मा प्रकाशित

You can share this post!

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

वि.सं.२०८२ असार १७ मंगलवार १७:१७

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका...

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

वि.सं.२०८२ असार १७ मंगलवार १६:३९

काठमाडौँ : निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले...

थप १ लाख ७७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप १ लाख ७७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार १७ मंगलवार १६:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यूनाइटेड इदी मार्दी आरबि...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति बढ्यो ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार १७ मंगलवार १५:१५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार १७ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १७ मंगलवार १४:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा भारी वृद्धि...