काठमाडौं । सरकारले मंगलबार राजपत्रमा भू–उपयोग नियमावली जारी गरेको छ ।
जारी नियमावली अनुसार काठमाडौं उपत्यकामा ५ सय वर्गमिटरभन्दा कम क्षेत्रफल कित्ताकाट गर्न नपाईने भएको छ ।
कृषि क्षेत्रको रुपका तोकिएको काठमाडौं उपत्यकामा ५ सय वर्गमिटर, तराई र भित्री मधेसमा ६ सय ७५ वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने भएको हो ।
यस्तै, खण्ड (क) र (ख) मा उल्लेखित क्षेत्रबाहेकका भूभागमा १ हजार वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने राजपत्रमा उल्लेख छ ।
अन्य विस्तृतमा हेर्नुहोस्
वि.सं.२०७९ जेठ २४ मंगलवार १७:४१ मा प्रकाशित