काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
एक सू्चना निकाल्दै बैंकले संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको बिक्री मूल्य न्यूनतम ४७५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरि निवेदन पेश गर्नुपर्नेछ । इच्छुक आवेदकले कम्पनीको थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा पुग्ने गरी निवेदन गर्न सक्नेछन् ।
तोकिएको उक्त समयावधिमा कुनै प्रस्ताव नआएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ जेठ २५ बुधवार ११:२८ मा प्रकाशित