काठमाडौं । आगामी असार महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
असार महिनामा पनि बैंकहरुले ब्याजदर नबढाउने सहमति भएको हो । योसंगै बैंकहरुले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् ।
नेपाल बैंकर संघले जेठ महिनमा पनि निर्वाचनको लागि खर्च बढेको र सरकारको विकास खर्चसमेत बढ्ने क्रममा रहेको भन्दै ब्याजदर नबढाउने निर्णय गरेको थियो ।
बैंकहरुले ब्याजदर वृद्धि गर्दा पनि निक्षेप नबढेपछि गत फागुन महिनादेखि नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन् ।
वि.सं.२०७९ जेठ २९ आइतवार १३:४७ मा प्रकाशित