काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले आउँदो असार १५ गते विशेष साधारण सभा बोलाएको हो ।
सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजे हुनेछ । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको हो ।
सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७९ जेठ ३० सोमवार १२:४७ मा प्रकाशित