back
NMB ad

भोलि दुई कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात जेठ ३१ गते दुई कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन विन नेपाल लुघवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा गर्न लागेका हुन् ।

सभामा कम्पनीहरुले एफपीओ, हकप्रद सेयर निष्काशन तथा लाभांश पारित लगायतका एजेण्डाहरु तय भएका छन् ।

भोलि हुने विन नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सभाले एफपीओ निष्काशन तथा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा तय गरेको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लािग ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्नेछ ।

सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

यस्तै, भोलि जनरल इन्स्योरेन्स कम्पनीको चौंथो वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ३० प्रतिशत हकप्रद शेयर निष्काश गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ ।

सोही सभाले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले मर्जर तथा प्राप्ती प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयय पनि हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गरेको छ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १७:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...