back
NMB ad

अर्थ मन्त्रालयले भन्यो-‘बजेटसंग सम्वन्धित तोकिएका पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता छैन’

Kumari bank ad

काठमाडौं । अर्थमन्त्रालयले अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराएको छ ।

जेठ ३० गते प्रकाशित मध्यराति बजेटमा जब चुकुल लाग्यो शिर्षकमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अन्नपूर्ण पोष्टले अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको अघिल्लो रात आफ्ना नजिकका दुई जना ‘विज्ञ’ नाम दिएर बजेटका राजस्व दरमा तलमाथि गरेको समाचार छापेको थियो । तर, शर्माले झिकाएका दुईमध्ये एकजना नायब सुब्बा भएका पुष्टि भएको थियो। ती रघुनाथ घिमिरे नाम गरेका नायब सुब्बाले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते पदबाट राजीनामा दिएका थिए ।

उक्त घटनाबारे मन्त्रालयले २०७८ चैत्र १ गते देखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरू तथा अन्य सरोकारवाला निकायसँग परामर्श र अन्तरक्रिया प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौदा समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

यसका साथै सर्वसाधारणको प्रतिक्रिया, सुझावहरू संकलनका लागि मन्त्रालयमा ११३८ को निःशुल्क टोल फ्री नं व्यवस्थासहित आर्थिक वर्ष २०७९/८० को बजेटसम्बन्धी राय सुझाव संकलन कक्षसमेत स्थापना गरी बजेट निर्माणको कार्यलाई विगत वर्षहरूभन्दा फरक तवरबाट बढी जनअपनत्व बनाउने गरी अर्थ मन्त्रीको नेतृत्वमा मन्त्रालयको सम्पूर्ण टिम औपचारिक रुपमा बजेट लेखन र निर्माणमा निरन्तर खटेको जनाएको छ ।

मुलुकको अर्थतन्त्रको विकास र सुधारका बिषयमा निरन्तर क्रियाशिल रहेका अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण समाचार प्रकाशित भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसंग सम्वन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौ ।’

वि.सं.२०७९ जेठ ३० सोमवार १८:४९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...