back
Kumari Bank

लगानी गर्ने होइन त ? भोलिदेखि आउँदैछ फेरि १० हजार कित्तासम्म भर्न पाइने नयाँ आईपीओ

Nepal Bank

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले भोलि अर्थात असार १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ ९ साविककको सार्दिखोला गा.वि.स., घाचोक गा.वि.स., गाहाचोक गा.वि.स. र धिताल गा.वि.स.का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १८:१७ मा प्रकाशित

You can share this post!

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित   

वि.सं.२०८२ असार १३ शुक्रवार २१:०३

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी...

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

वि.सं.२०८२ असार १३ शुक्रवार १९:५७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

अर्थतन्त्रको दशक यात्रा : अनुसन्धान, जिम्मेवारी र आर्थिक पत्रकारितामा अग्रसरता

अर्थतन्त्रको दशक यात्रा : अनुसन्धान, जिम्मेवारी र आर्थिक पत्रकारितामा अग्रसरता

वि.सं.२०८२ असार १३ शुक्रवार १८:५६

दस वर्षअघि आर्थिक समाचार र विचारलाई विकास, सुशासन र समृद्धिमा...

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष कुमार भण्डारी नियुक्त

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष कुमार भण्डारी नियुक्त

वि.सं.२०८२ असार १३ शुक्रवार १८:४४

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले सन्तोष कुमार भण्डारीलाई...

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ 3S शोरुमको उद्घाटन

वि.सं.२०८२ असार १३ शुक्रवार १८:३५

काठमाडौं : यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ 3S फ्यासिलिटी (सेल्स,...

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान   

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान   

वि.सं.२०८२ असार १३ शुक्रवार १७:१२

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका गौरवकुमार...