back
NMB ad

मनकामना केबलकारका निर्देशक श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक

Kumari bank ad

काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्नु हुने भएको छ । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुनुहुन्छ ।

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक ग्रहण गर्न स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रेष्ठलाई यो पुरस्कार ग्रहणका निमित्त अनुमति दिइएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिनुभएको छ ।

श्रेष्ठका बुवा तथा मनकामना केबलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डतर्फ प्राप्त गर्नुभएको थियो ।

डेकोरेसन अफ अनर अस्ट्रिया सरकारद्वारा सम्मानित गरिने पदक हो । अस्ट्रिया र विदेशबाटसमेत जसले देशको लागि उत्कृष्ट सेवाहरू प्रदान गरेका छन्, उनीहरुलाई यो पदक प्रदान गरिन्छ । डेकोरेसन अफ अनरसम्बन्धी पुरस्कारहरू सम्बन्धित कानून बमोजिम राष्ट्रपतिद्वारा बनाइन्छ भने सरकारले उपयुक्त व्यक्ति छनोट गर्दछ ।

वि.सं.२०७९ असार ३ शुक्रवार १०:१३ मा प्रकाशित

You can share this post!

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...