काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।
आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेल १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँले बढेर आएको हो । यस्तै, एलपी ग्याँस र मट्टितेलको मुल्य भने यथावत रहेको छ ।
वि.सं.२०७९ असार ३ शुक्रवार १०:३४ मा प्रकाशित