back
Mega Long Ad

छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

पूर्व राजदूत समूहले आज आयोजना गरेको वर्तमान नेपालको परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्धका सन्दर्भमा कुनै समस्या आएमा आपसमा संवाद गरेर समाधान गर्न पनि जोड दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “नेपालले छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुन आवश्यक छ । बाहिर एउटा भन्ने र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । ”

उहाँले कुनै मुलुक जनसङ्ख्या र भूगोलमा सानो हुनसक्ने भए पनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुने भएकाले नेपालले हिनताबोध नगरी विश्वका सबै मुलुकसँग स्वाभिमानपूर्वक संवाद गर्नसक्ने पनि स्पष्ट गर्नुभयो ।

वि.सं.२०७९ असार ७ मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

prabhu bank
कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

वि.सं.२०७९ असार १३ सोमवार १८:२९

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा...

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

वि.सं.२०७९ असार १३ सोमवार १८:०२

काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा...

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

अप्रत्याशित बढेको सेयर बजारमा ब्रेक : आज दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

वि.सं.२०७९ असार १३ सोमवार १५:०९

काठमाडौं । सेयर बजारमा देखियो हरियाली एक दिन पनि टिक्न...

धितोपत्र बजार तथा बस्तु विनियम सम्बन्धी बोर्डले माग्यो राय

धितोपत्र बजार तथा बस्तु विनियम सम्बन्धी बोर्डले माग्यो राय

वि.सं.२०७९ असार १३ सोमवार १४:४१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को लागि...

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

वि.सं.२०७९ असार १३ सोमवार १४:०५

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा...

देशभरका सहकारीलाई सूचना प्रणालीमा आबद्ध गरिँदै

देशभरका सहकारीलाई सूचना प्रणालीमा आबद्ध गरिँदै

वि.सं.२०७९ असार १३ सोमवार १३:३४

काठमाडौं । सरकारले देशभरका सहकारी संस्थालाई सहकारी तथा गरिबी व्यवस्थापन...