काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १९ हजार ३३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन।
उक्त संस्थापक सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा पेश गर्नुपर्नेछ ।
वि.सं.२०७९ असार १३ सोमवार १२:४८ मा प्रकाशित