
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कुल सेयरमध्ये ३० हजार कित्ता कर्मचारीहरुका लागि, ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा छिटोमा असार २८ गतेसम्म र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ असार १४ मंगलवार ११:३४ मा प्रकाशित