काठमाडौं। सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुन बुधबारभन्दा तोलामा १४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजारमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा डलरको भाउ महङ्गिएपछि सुनको मूल्य घट्न थालेको हो ।
चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १ सय ८५ रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो।
वि.सं.२०७९ असार २३ बिहीवार १२:४५ मा प्रकाशित