back
NMB ad

लुम्बिनी विकास बैंकद्वारा प्रभातफेरी तथा बृक्षारोपण कार्यक्रमको आयोजना

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा विभिन्न बित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालय देखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, राम मन्दिर सम्म पुगेर सम्पन्न भएको छ । साथै, बैंकले चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौरमा कपुर, कल्की, चॉप लगायत विभिन्न जात – जातीका गरी १०० वटा बिरुवाहरुको बृक्षारोपण गरेको छ ।

उक्त बृक्षारोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैकंका अध्यक्ष दशरथ रिसालले गर्नु भयो । सो कार्यक्रममा बैंकका सञ्चालक केशब खतिवडा, अन्जु कुमारी गुप्ता लगायत बैंकका ब्यवस्थापन समिति र कर्मचारीहरु समेत बृक्षारोपण कार्यमा सहभागी हुनुभयो ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार १५:५४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...