काठमाडौं । आज सेयर बजारमा केही सुधार देखिएको छ । यस दिन नेप्से सूचक १४.७१ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक फेरि २००१.५३ विन्दुमा आएको छ ।
उक्त दिनकरिब २१ सय पुगेर पनि १९ सयको लाइनमा झरेको नेप्से बिहीबार पुनः २ हजार विन्दु माथि आएको हो । यस्ता विन्दुहरुले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने अनुमान गरिन्छ । यस दिन
एनआईबिएल प्रगति फण्डको शेयरमा सकारात्मक सर्किट लगोको छ। फण्डको शेयर ९।९८ प्रतिशतले बढेको छ ।
वि.सं.२०७९ असार ३० बिहीवार १५:४४ मा प्रकाशित