back
Hero Ad

नमस्ते पे एपद्वारा फ्लाइट टिकट बुकिङ गर्ने सुविधा सुरु

काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा अब एन्ड्रोइडमा उपलब्ध छ र चाँडै आइओएसमा पनि लन्च हुनेछ।

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुनेछन्।

साथै, नमस्ते पे ले उडान गर्नेहरूका लागि आकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु १५० को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

वि.सं.२०७९ साउन २ सोमवार १७:११ मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक अफर, यस्ता छन् सुविधा

वि.सं.२०७९ भदौ २ बिहीवार १५:५६

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

वि.सं.२०७९ भदौ २ बिहीवार १५:४३

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल...

के भयो आज नबील बैंकको सेयर ?

के भयो आज नबील बैंकको सेयर ?

वि.सं.२०७९ भदौ २ बिहीवार १५:२३

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ...