काठमाडौं । आज बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको आज १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।
वि.सं.२०७९ साउन ४ बुधवार १५:२० मा प्रकाशित