काठमाडौं । लगातार सुधार देखिएको शेयरबजारको हरियो यात्रामा ब्रेक लागेको छ । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको हो ।
आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको आज १७ करोड ८० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।
यस्तै, एनआइसी एशिया बैंकको ११ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
वि.सं.२०७९ साउन ५ बिहीवार १५:१८ मा प्रकाशित