काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज अर्थात साउन ९ गते बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो ।
कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १३ लाख २० हजार ९९४ जनाको हात खाली भएको छ ।
कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर जारी गरेको हो ।
कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।
कम्पनीको आईपीओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।
नतिजा हेर्नका लागि:
1. कम्पनीको वेबसाइट : https://raptihydro.com.np/
2. बिक्री प्रबन्धकको वेबसाइट : https://siddharthacapital.com
3. मेरो शेयरको वेबसाइटः https://meroshare.cdsc.com.np/#/login
4. सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/
वि.सं.२०७९ साउन ९ सोमवार १०:५४ मा प्रकाशित