काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पुरानो लाभांश लिनका लागि सम्वन्धित सेयरधनीहरुलाई अनुरोध गरेको छ ।
एक सूचना निकाल्दै कम्पनीले विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका सेयरधनीलाई उक्त अनुरोध गरेको हो ।
नगद लाभांश लिन बाँकी सेयरधनीलाई आफ्नो सेयर प्रमाणपत्रका साथ परिचयपत्रको प्रतिलिपिसहित सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नक्सालमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना
वि.सं.२०७९ साउन ९ सोमवार १२:३३ मा प्रकाशित