back
NMB ad

विदेशी मुलुकमा सुनका नेपाली मौलिक गहना निर्यात बढ्यो, एक वर्षमा ५३ करोड बढीको बाहिरियो

Kumari bank ad

काठमाडौं । विदेशी मुलुकहरुमा सुनका नेपाली मौलिक गहनाको माग बढ्दोक्रममा छ । पछिल्लो समयमा नेपालबाट सुनका मौलिक गहना निर्यात बढ्न थालेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ५३ करोड बढीको सुनका गहना विदेशी मुलुकहरुमा पुगेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आवको तथ्याङ्क अनुसार नेपालबाट एक वर्षको अवधिमा ५३ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको हो । गत आवको असार मसान्तसम्ममा नेपालबाट ६१ केजी बढी सुनका गर गहना बाहिरिएको हो ।

नेपालबाट विश्वका तीन मुलुक अमेरिका, अष्ट्रेलिया र हङकङमा सुनका नेपाली मौलिक गहना निर्यात हुने गरेको छ । सुनका गहना अघिल्लो आव २०७७/७८ देखि नेपालबाट निर्यात हुन थालेको हो ।

अघिल्लो आवमा ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको गत आवमा भने ३७.६० प्रतिशतले वृद्धि भएको हो ।

विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर–गहना नेपालबाट निर्यात हुने गर्दछ । भन्सार विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ ।

गत आवमा सबैभन्दा बढी सुनका गहना अमेरिका निर्यात भएको छ । उक्त अवधिमा ४६ करोड ११ लाख ३८ हजार रुपैयाँ बराबरको ५२ केजी बढी सुन गहना अमेरिका पुगेको हो ।

अघिल्लो आवमा भने अमेरिकामा २८ करोड ६० लाख ९६ हजार रुपैयाँ बराबरको ३० केजी बढी सुनका मौलिक गहना निर्यात भएको थियो ।

यस्तै, गत आवमा हङकङमा भने ५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको ६ हजार ७१९ ग्राम सुनका मौलिक नेपाली गहना निर्यात भएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त अवधिमा अष्ट्रेलियामा भने १ करोड ८८ लाख ५९ हजार रुपैयाँ बराबरको १ हजार ५६१ ग्राम सुनका मौलिक नेपाली गहना निर्यात भएको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १८:०५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...